प्रितिको रोमाञ्चक गोलको मज्जा

वाफ महिला च्याम्पियनसिप

प्रितिको रोमाञ्चक गोलको मज्जा
0Shares

काठमाडौं, फागुन १६ गते

पश्चिम एसियाली फुटबल महासंघको प्रतियोगिता वाफ ओमन्स च्याम्पियनसिपमा नेपाली टोलीले एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्ने क्रम जारी छ।

मंगलवार राती खेलिएको प्रतियोगिताको सेमिफाइनलमा लेबनानलाई २-१ ले पराजित गर्ने क्रममा पनि नेपालको जित अत्यन्त रोमाञ्चक रह्यो।

रमाइलो के भयो भने तीनवटै गोल नेपाली खेलाडीहरुले गरेका थिए। पहिलो गोल नेपालकी रक्षक पुजा रानाले ३८ औं मिनेटमा आफ्नै पोस्टमा गरिन्।

उनले गोलकिपर एञ्जिला तुम्बाप्पोलाई दिएको ब्याक पास गोलकिपरको रेञ्ज भन्दा बाहिर हुंदा बल आत्मघाती गोलको रुपमा परिणत भएको थियो।

खेल बराबरीमा ल्याउन नेपाललाई खेलको ७५औं मिनेट लागेको थियो। सावित्रा भण्डारीले हानेको प्रहार क्लियर गर्न लेवनानको रक्षकले ढिलो गरेपछि भण्डारीले नै सो बल खोस्दै गोल गरेकी थिइन्।

खेलको निर्णायक गोल भने प्रीति राईले गरिन्। उनले इन्जुरी समयमा डि बक्स बाहिरबाट गरेको लामो प्रहार फस्ट बारमा उत्कृष्ट गोलको रुपमा परिणत भएको थियो।

यसअघि समूह बी मा नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

नेपालले अव फाइनलमा जोर्डन संग खेल्नेछ।

प्रकाशित मिति: February 28, 2024

कमेन्ट गर्नुहोस्

advertisment