ग्रेड ‘ए’ लाई एक लाख मासिक

क्रिकेट खेलाडीको वर्गिकरण

ग्रेड ‘ए’ लाई एक लाख मासिक
0Shares

काठमाडौं, फागुन १४ गते ।

नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय सम्झौतामा रहने पुरुष तथा महिला खेलाडीको नयाँ ढंगले वर्गिकरण गरेको छ।

जस अनुसार अब क्यानमा अब महिला र पुरुष  दुवै तर्फका खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, मात्र होइन ‘डी’ तथा इमर्जिङ खेलाडी गरी पाँच श्रेणीमा वर्गिकरण गरिएको छ।

साथै वर्गिकरण गरेका खेलाडीहरुको मासिक तलबमा बृद्धि गरेको छ।

जसअनुसार ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरीले मासिक २५ हजार रुपैयाँ पाउनेछन्।

त्यस्तै महिलातर्फ ग्रेड ‘ए’लाई ५० हजार, ग्रेड ‘बी’लाई ३५ हजार, ग्रेड ‘सी’लाई ३० हजार, ग्रेड ‘डी’लाई २५ हजार र इमर्जिङ क्याटोगरीलाई २० हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने निर्णय भएको छ।

क्यानको सोमबार बसेको बोर्ड बैठकले सन् २०२४ का लागि केन्द्रिय सम्झौतामा रहने पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको नाम अनुमोदन गरेको हो।

पुरुष तर्फको वर्गिकरण

ग्रेड ‘ए’:  रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल

ग्रेड ‘बी’: कुशल मल्ल, गुलसन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख, अविनाश बोहरा

ग्रेड ‘सी’: विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा, प्रतिश जिसी

ग्रेड ‘डी’: पवन सराफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद,सूर्य तामाङ

इमर्जिङ क्याटोगरीः दिपेश कंडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी

महिलातर्फको वर्गिकरण

ग्रेड ‘ए’:  इन्दु बर्मा, रुबिना क्षेत्री, सीता रानामगर

ग्रेड ‘बी’: कविता कुँवर

ग्रेड ‘सी’: पुजा महतो, अश्मिना कर्माचार्य

ग्रेड ‘डी’: अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ, विन्दु रावल

इमर्जिङ क्याटोगरीः  सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का, साना प्रविन।

चार समिति गठन

यसैगरी बैठकले दिवाकर घलेलाई प्रतियोगिता समिति, विक्रम विष्टलाई प्राविधिक समिति, धिरेन्द्र सावदलाई विकास समिति तथा प्रदीप मजगैयालाई महिला क्रिकेट क्रिकेट विकास समितिमा संयोजकको जिम्मेवारी दिएको छ ।

यस्तै पूर्व कप्तान ज्ञानन्द्र मल्ल र पुर्व खेलाडी कलाम अलीलाई नेपाल ‘ए’ तथा महेशप्रसाद रिजाललाई यु-१९ राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको निर्णयलाई अनुमोदन गरेको छ।

 

प्रकाशित मिति: February 27, 2024

कमेन्ट गर्नुहोस्

advertisment