विश्वकप क्रिकेट लिग २: नेदरल्यान्ड्सले नेपालसंग लियो बदला

विश्वकप क्रिकेट लिग २: नेदरल्यान्ड्सले नेपालसंग लियो बदला
0Shares

काठमाडौं, फागुन १३ गते

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को विश्वकप क्रिकेट लिग-२को चारवर्षे चक्र (सन् २०२३-२७) को शूरुआत नेपालको लागि सुखद हुन सकेन।

आइतवार खेलेको श्रृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससंग ०० विकेटले पराजित भएपछि नेपालको हार संख्या ३ पुग्यो।

घरेलु मैदानमा खेलेको चार खेलमा नेपालले एकमात्र जित हात पारेको थियो। नामिवियासंगको दुबै खेल गुमाएको नेपालले यसअघिको खेलमा नेदरल्यान्ड्स विरुद्ध १ खेलमा मात्र जित पाएको थियो।

टस हार्नु नेपाली समर्थकहरुका लागि पहिलो दुखद खवर थियो।

अनुमान गरिए झैं कीर्तिपुर क्रिकेट मैदानको विहानीको पिचमा नेपाली ब्याटरहरुले रनको लागि संघर्ष गर्नुपर्यो।

फलस्वरुप नेपाली टोली ३ बल खेल्नु अगाडि १७२ रनमा अलआउट हुन पुग्यो। जवाफमा आएको पाहुना टोलीले ३७.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

जसरी अघिल्लो खेलमा नेपालले दोस्रो ब्याटिङ गर्दै नेदरल्यान्ड्सलाई १६ ओभर भित्र पराजित गरेको थियो, आज आइतवार नेदरल्यान्ड्सले त्यसरी नै बदला लिएको देखियो।

नेदरल्यान्ड्सलाई जित दिलाउन विक्रमजित सिंहले अविजित ५८ तथा साइब्रान्ड एन्गलब्रेचले अविजित ४६ रन जोडेका थिए।

नेपाली बलरहरुले शुरुआतमा १२ ओभरमा २ विपक्षीको विकेट लिन सफल भएका थिए। तर त्यसपछि विक्रमजित र साइब्रान्डले तेस्रो विकेटका लागि १०२ रनको अविजित साझेदारी गरेपछि नेपालले सहजै आत्मसमर्पण गरेको देखिएको थियो।

यसअघि ओपनरद्धय म्याक्स ओडोड (२८ रन ) र मिचेल लेभिट (३९ रन) ले नेदरल्यान्ड्सलाई सानदार शुरुआत दिलाएका थिए।

यी दुईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए।

नेपालले पहिलो ओभरमा नै ललित नारायण राजवंशीलाई बलिङ गर्न लगाएर पावर प्लेमा स्पिनरहरुबाट विकेट लिने योजना बुनेको थियो।

तर त्यसले विपक्षीलाई खासै ठूलो असरदार देखिएन। उनीहरुले लगातार जसो बाउन्ड्री प्रहार गरिरहे। जसका कारण नेपाली बलरहरु सहज पराजय आत्मसात गर्न बाध्य भएको थियो।

 

कुशलको अर्धशतक

कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सको बलरहरुसंग ओपनर कुशल भुर्तेल एक्लै संघर्ष गरे जस्ते देखिएको थियो।

मध्यक्रमका खेलाडीहरु एकपछि अर्को गर्दै पवेलियन फर्किरहेको अवस्थामा कुशलले क्रिजमा डटेर ६६ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए।

९३ बलको सामना गरेका उनले सो क्रममा ८ चौका प्रहार गरे। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रहार गरेको आठौं अर्धशतक हो।

सो क्रममा उनले दुई पटक जीवनदान पाएका थिए। पहिलो पटक २१ रन बनाएर खेल्दा उनी ‘कट् एन्ड बोल्ड’ हुनबाट जोगिएका थिए भने अर्को पटक ४२ रन बनाएर खेलिरहंदा बचेका थिए।

कुशल ३६.३ ओभरमा सातौं खेलाडीका रुपमा आउट भए। त्यतिबेला नेपालको स्कोरबोर्डमा १२२ रन मात्र बनेको थियो।

कुशल र अर्का ओपनर आसिफ शेखलले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दा नेपाल बलियो लक्ष्यतिर अग्रसर हुने अनुमान गरिएको थियो।

तर नवौं ओभरमा आशिफ १७ रन बनाएर आउट भएसंगै नेपालको विकेट झर्ने क्रम शूरु भयो।

त्यसपछि अनिल शाह (७ रन), कुशल मल्ल (२ रन) र कप्तान रोहित पौडेल १७ रन बनाएर धमाधम पवेलियन तिर फर्किएका थिए।

२८ औं ओभरमा दीपेन्द्र सिंह ऐरी भने दुर्भाग्यपूर्ण रन आउटको शिकार हुन पुगेका थिए।

कुशल भुर्तेलले प्रहार गरेको बल विपक्षी बलरको खुट्टामा लाग्दै अर्को इन्डमा क्रिज बाहिर रहेका दीपेन्द्रको विकेटमा लाग्न पुगेको थियो।

त्यतिबेला दीपेन्द्रले ११ बलमा जम्मा १ रन बनाएर खेलिरहेका थिए।

खाता खोल्न नसकेका भीम सार्की र आक्रामक गुलशन झा (५ रन) को प्रदर्शन पनि सम्झिन लायक हुन सकेन।

यस्तो अवस्थामा टिममा फर्किएका आरिफ शेखले संयमित ब्याटिङ तथा अलराउन्डर करण केसीले देखाएको आक्रामक रुपले गर्दा नेपालको स्कोर गति केही वढेको थियो।

आशिफले ५० बल खेलेर २२ रन बनाए भने करण केसीले २७ बलमा २६ रन जोडे। सो क्रममा करणले २ छक्का र १ चौका प्रहार गरेका थिए।

केही आक्रामक रुप देखाउन खोज्दा आरिफ ४८.२ ओभरमा क्याच आउट भएपछि अन्तिम समयमा बाउन्ड्री प्रहार गर्ने खेलाडीहरुको योजनामा वाधा पुग्यो।

त्यसपछि अन्तिम खेलाडिका रुपमा करणलाई साथ दिने ललित नारायण राजवंशी थिए। दवावको यो बेला ठूलो शट् हान्न खोज्दा आउट हुन पुगे।

प्रशिक्षक मोन्टी देशाईले आइतवारको खेलमा सोमपाल कामी र देव खनाललाई वेञ्चमा राखेर आरिफ शेख र गुलशन झालाई मौका दिएका थिए।

नेदरल्यान्ड्सबाट भिभियन किङमा र आर्यन दत्तले ३३ विकेट तथा बास डी लिडले २ विकेट लिए।

प्रकाशित मिति: February 25, 2024

कमेन्ट गर्नुहोस्

advertisment