प्राज्नालाई स्वर्ण

प्राज्नालाई स्वर्ण
0Shares

काठमाडौं, फागुन १३ गते

प्राइम ग्लोबलकी प्राज्ना महर्जनले आठौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१० गल्र्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्राज्नाले एभीएमकी अस्लेषा श्रेष्ठलाई ११–५, ५–११, ११–७, ५–११ र ११–९ को सेटमा पराजित गरिन् । एभीएमकी सिरा शाक्य र आइडियल मोडेलकी वन्जला महर्जन तेश्रो भए ।
रेड टायल्स प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्स फाइनलमा प्रभातकी सेफिना कोजुले स्वस्तिश्रीकी अग्रता विष्टलार्य ११–८, ३–११, ११–७ र ११–७ को सेटमा हराउदै पहिलो भइन् । पुष्पसदनकी मिचुली महर्जन र भास्सराकी श्रेया शाक्य तेश्रो स्थानमा रहे ।
यु–१२ गल्र्स सिंगल्समा एभीएमकी अर्साना महर्जनले सेन्ट मेरिजकी सुरम्या शाक्यलाई ११–८, ४–११, १२–१० र ११–४ ले पाखा लगाउदै पहिलो भइन् । एभीएमीकी निर्भी श्रेष्ठ र प्रभातकी उरवी सुवाल तेश्रो भए ।
यु–१६ गल्र्समा एभीएमकी आस्मा पहरीले फाइनलमा प्रभातकी कलाशा सितिखुलाई ८–११, ११–७, ११–८ र ११–७ ले फाइनलमा पन्छ्याउदै स्वर्ण जितिन् । एपेक्स लाइफकाद्वय माल्सा नेपाल र विद्वसी मैनाली तेश्रो भए । प्रतियोगितामा २ सय ६० खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति: February 25, 2024

कमेन्ट गर्नुहोस्

advertisment