महिला फुटबल टोली समुह विजेता

वाफ महिला च्याम्पियनसिप

महिला फुटबल टोली समुह विजेता
0Shares

काठमाडौं, फागुन १३ गते

वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराउँदै समूह ‘बी’ विजेता बनेको छ ।

एकतर्फी देखिएको खेलमा नेपालबाट सावित्रा भण्डारीले दुई तथा गीता राना र रेखा पौडेलले १/१ गोल गरे।

समूह बी मा नेपालले समुह चरणको तीनवटै खेल जित्यो। नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराएको थियो।

साउदी अरेबियाको रियादमा भएको खेलमा नेपालले सावित्रा भण्डारीको गोलमा पहिलो हाफमा १-० ले अग्रता लिएको थियो। खेलको ४१ औं मिनेटमा उनले रेखा पौडेलले मध्यभागबाट निकालेको बललाई बायाँ खुट्टाले गोल गरिन्।

यो सावित्राको ५१ औं अन्तर्राष्ट्रिय गोल हो भने प्रतियोगिताको सातौं गोल थियो।

६०औं मिनेटमा रेखाले दोस्रो गोल गरिन् । सावित्राले हानेको प्रहार पोष्टमा लागेर फर्किएको बलमा रेखाले बलमा रेखाले सहज गोल गरिन्।

त्यस्तै सावित्राले ८०औं मिनेटमा तेस्रो गोल गरिन्। चौथो गोल भने इन्जुरी समयमा रक्षक गीता रानाले गरेकी हुन्।उनले पेनाल्टीमा गोल गरेकी थिइन्।

नेपालले अब सेमीफाइनलमा समूह ए को उपविजेता लेवनानसँग खेल्नेछ। अर्को सेमिफाइनल जोर्डन र प्यालेस्टाइन विच हुनेछ।

 

 

 

प्रकाशित मिति: February 25, 2024

कमेन्ट गर्नुहोस्

advertisment