अन्नपूर्णद्वारा अन्नपूर्णलाई हराउँदै उपाधि रक्षा

अन्नपूर्णद्वारा अन्नपूर्णलाई हराउँदै उपाधि रक्षा
0Shares

काठमाडौं, फागुन १२ गते

डिफेन्डिङ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दोश्रो कीर्तिपुर नगरपालिका यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
नयाँ बजारस्थित कीर्तिपुर कभर्डहलमा भएको फाइनलमा अन्नपूर्णले कास्कीको अर्को अन्नपूर्ण गाउँपालिकालाई ७४–६६ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । जितमा सुजन परियार २९ अंक योगदान गरे । कास्कीको अन्नपूर्णका ओमकार रखालले ३३ अंक जोडेपनि जितका लागि पर्याप्त भएन ।
उपाधिसंगै म्याग्दीको अन्नपूर्णले १ लाख नगद पुरस्कार पायो भने उपविजेता कास्कीको अन्नपूर्णले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा म्याग्दीको अन्नपूर्णका रनिक गर्बुजा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १० हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई संघीय सांसद् एवं युवा तथा खेलकुद पूर्व मन्त्री राजेन्द्र केसी (राजन), बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी र उपमेयर शुभलक्ष्मी शाक्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । फागुन ६ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: February 24, 2024

कमेन्ट गर्नुहोस्

advertisment