गोर्खालीलाई रग्वी लिग उपाधि

राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिप

गोर्खालीलाई रग्वी लिग उपाधि
0Shares

काठमाडौं, फागुन १२ गते
राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले शनिबार जितेको छ ।

दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई एकतर्फी खेलमा ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।
अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो ।

गोर्खाली रग्वी ९ अंक सहित च्याम्पियन बनेको हो । गोर्खाली रग्वीले रनिङ ट्रफी सहित १ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो बन्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपीएफ उपविजेता बनेको हो । एपीएफले ७ अंक जोड्यो ।

एपीएफले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद प्राप्त गर्यो । च्याम्पियनसिपमा तेस्रो भएको आर्मीले ५ अंक जोड्यो । नेपाल प्रहरी ३ अंकसाथ ४ टिम सहभागी लिगमा अन्तिममा रह्यो ।
प्रतियोगितामा एपीएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार नगद पुरस्कार हात पारे ।

लिगमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समेटेर राष्ट्रिय टिम निर्माण गरिने आयोजक नेपाल रग्वी संघले जनाएको छ । लिगलाई आगामी वर्षमा थप बिस्तार गर्दै लैजाने योजना रहेको संघका अध्यक्ष दीपक देवकोटाले बताएका छन् ।

विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य सम्राटकुमार कुसारी, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

प्रकाशित मिति: February 24, 2024

कमेन्ट गर्नुहोस्

advertisment