नामिवियाले नेपाल भ्रमणमा लियो ६ अंक

विश्वकप लिग २

नामिवियाले नेपाल भ्रमणमा लियो ६ अंक
0Shares

काठमाडौं, फागुन ११ गते

विश्वकप लिग-२ मा नामिवियाले ३ खेल जितेर नेपाल भ्रमणलाई सुखद बनाएको छ।

शुक्रवार श्रृंखलाको आफ्नो अन्तिम खेलमा नामिवियाले  नेदरल्यान्ड्सविरुद्ध २४ रनले पराजित गर्यो।

यसअघि खेलिएको ३ खेलमा नामिवियाले २ खेलमा जित र एकमा हार ब्यहोरेको थियो।

जितसँगै नामिबियाले चार खेलबाट ६ अंक जोडेको छ । नामिवियाका कप्तान जेरार्ड इरासमुसले नेपाल भ्रमणबाट आफ्नो टोली पूर्ण रुपमा सन्टुष्ट रहेको बताए।

उनले भने , ”  गत सिजनमा हामीले नेपाल भ्रमणमा हामीले सबै चार खेल गुमाएका थियौं। यसपाली ४ खेलबाट ६ अंक लिन सक्यौं। यसमा हामी निकै  खुशी छौंँ। ”

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार नामिबियाले  टस हारेर ४१.३ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो।

त्यसलाई पछ्याएको नेदरल्यान्ड्स ४३.५ ओभरमा १७९ मा सीमित हुन पुग्यो।

नेदरल्यान्ड्सका लागि नोआ क्रसले अविजित ४६, म्याक ओ डोउडले ४१, बास डी लिडेले २४, शरिज अहमदले १९, तेजा नन्दामनुरुले १४ र साइब्रान्ड एङ्गेलब्रेख्तले १० रन बनाए ।

नामिबियाका लागि ज्याक ब्रसेल र कप्तान जोर्रार्ड इरास्मसले तीन, बेर्नार्ड स्कोल्ट्जले दुई तथा रुबेन ट्रम्पलम्यान र जान निकोल लोफ्टी इएटनले समान एक विकेट लिए।

नामिबियाका लागि जान निकोल लोफ्टी इएटनले ४९, मलान क्रुगरले ३९, जान फ्रेइलिंकले ३४, रुबेन ट्रम्पलम्यानले अविजित २३, जान ग्रिनले २२, कप्तान जोर्रार्ड इरास्मसले १२ र माइकल भान लिंगनले १० रन बनाए ।

नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन, आर्यन दत्त र रोलोफ भान डेर मार्वीले समान दुई तथा शरिज अहमद र साइब्रान्ड एङ्गेलब्रेख्तले समान एक विकेट लिए ।

नेदरल्यान्ड्सले अन्तिम खेलमा आइतबार नेपालको सामना गर्नेछ ।

प्रकाशित मिति: February 23, 2024

कमेन्ट गर्नुहोस्

advertisment