भुवनलाई ११ औँ उपाधि

सूर्य नेपाल वेस्टर्न ओपन

भुवनलाई ११ औँ उपाधि
0Shares

पोखरा,फाल्गुन ११ गते

पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन।
५४ होलको प्रतियोगिता १०-अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो। भुवनले सन २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९-अन्डरको  रेकर्ड तोडेका हुन। यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो। हिजो उनले ७-अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए।
पोखरास्थित पार-६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन आज इभन-पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १०-अन्डर १सय ९७ को सानदार स्कोरमा करियरको एघारौं उपाधि जितेका हुन। भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले माथ दिए। उपाधिसँगै भुवनले १ लाख ४० हजार नगद पुरस्कार हात पारे। सन २०२२ को सूर्य नेपाल काठमाडौं ओपन जितेपछि उनले जितेको यो पहिलो उपाधि हो।
रवि खड्का र एमेच्योर सदभाव आचार्यले समग्रमा २-ओभर २ सय ९ को स्कोरमा दोस्रो स्थान बाँडे। रवि र सदभाव दुवैले आज १-ओभर ७० मा खेल सकाए। रविले नगद ९६ हजार प्राप्त गरे। एमेच्योरतर्फ सदभावले उपाधि जिते। उनले प्रज्वल गुरूङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन। दोस्रो भएका प्रज्वलले १५-ओभर २ सय २२ स्कोर गरे।

संयुक्तरुपमा दोस्रो भएका एमेच्योर विजेता सदभावले फ्रन्ट नाइन इभन-पार ३४ मा पुरा गरे। उनले पहिलो होलमा बोगी र सातौं होलमा बर्डी खेपे। यसपछि १०औं र १३औं होलमा एक-एक सट बचाउँदा १२औ, १५औं र १७औं होलमा बोगीको सामना गरे।
निरजले फ्रन्ट नाइन १-ओभर ३५ र ब्याक नाइन १-अन्डर ३४ मा सकाए। दोस्रो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो, छैटौं र नवौं होलमा एक-एक सट खेर फाले। यसपछि १७औं होलमा डबल बोगी खेप्दा १३औ, १५औं र १८औं होलमा एक-एक सट बचाए।

काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवराम गुरूङ र गण्डकी प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य केशव पाठकले पुरस्कार वितरण गरे।
प्रतियोगिताको अन्तिम दिन भोलि प्रो-एम प्रतियोगिता हुनेछ। प्रतियोगितामा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले भाग लिनेछन।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत जारी सिजनमा कुल आठ प्रतियोगिता रहेका छन। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ।

प्रकाशित मिति: February 23, 2024

कमेन्ट गर्नुहोस्

advertisment