पुनमलाई आर्थिक सहयोग

पुनमलाई आर्थिक सहयोग
0Shares

काठमाडौं, फागुन ११ गते
च्याम्पियन मार्सल आर्ट्स, खरीवोटले १३ औं सागकी स्वर्ण पदक विजेता जुडो खेलाडी पुनम श्रेष्ठलाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
च्याम्पियन मार्सल आर्ट्सकी निर्देशक सुशिला लामाले पुनमलाई एक कार्यक्रमबीच  उक्त रकम हस्तानतरण गरिन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले पनि पुनमलाई स्वास्थ्य उपचारका लागि १ लाख ४७ हजार ५९ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
च्याम्पियन मार्सल आर्ट्स कराते खेलाडी सुनिल लामा, तेक्वान्डो खेलाडी पुष्प थापा मगर, जुडो खेलाडी सरोज मर्हजन, तेक्वान्डो खेलाडी सुजन जोशाी र उसु खेलाडी राजु महर्जनले स्थापना गरेको संस्था हो ।

च्याम्पियन मार्सल आर्ट्समा मार्सल आर्ट्सका विभिन्न खेलका प्रशिक्षण व्यवस्था छ ।

प्रकाशित मिति: February 23, 2024

कमेन्ट गर्नुहोस्

advertisment