खेलाडीलाई आहार र पोषण सम्बन्धी तालिम

मिशन २०२६

खेलाडीलाई आहार र पोषण सम्बन्धी तालिम
0Shares

काठमाडौं, फागुन १० गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी सञ्चालन गरेको राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भएको तालिममा सञ्जय महर्जनले सहभागीलाई कुन खाना कति मात्रमा खादा उपयुक्त हुने भन्ने विषयमा ज्ञान दिएका थिए ।

राखेपले खेलाडीलाई उपलब्ध गराएको खुराक खर्च सदुपयोग होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् । उनले खेलाडीले सन्तुलित आहार सेवन गरुन् भन्ने कुरालाई मध्यनजर गरी डाइट खाने ठाउँमा गएर डाइटिसियनले अनुगमन पनि गरिरहेको बताए ।

यसअघि खेलाडीको फिजिकल टेस्ट र स्ट्रेन्थ ट्रेनिङको परीक्षण भएको थियो । अब खेलाडीको स्वास्थ परीक्षण, योगा कक्षा, मोटिभेसन कक्षालगायत सञ्चालन गरिने छ ।

प्रकाशित मिति: February 22, 2024

कमेन्ट गर्नुहोस्

advertisment