नेपाल ए विरुद्ध क्यानडा ११ लाई श्रृंखला

नेपाल ए विरुद्ध क्यानडा ११ लाई श्रृंखला
0Shares

काठमाडौं, फागुन १० गते

नेपाल भ्रमणमा रहेको क्यानडाको टोलीले नेपालको यात्रा सुखद ढंगले टुङग्याएको छ।

क्यानडा ११ र नेपाल ए विच खेलिएको ३ एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा विहिवार क्यानडाले नेपाली टोलीलाई ४ विकेटले पराजित गर्दै श्रृंखला २-१ ले कब्जा गर्यो।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो।

उक्त लक्ष्यलाई क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै सहजै पूरा गर्यो। क्यानडाका लागि निकालेस किर्तनले अविजित ५८ रन बनाएर टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेले।

७७ बलमा ६ चौका प्रहार गरेका उनले नै विजयी चौका प्रहार गरे।

यसैगरी निखिल धलिवालले ३८, आरोन जोनसनले ३६, दिलप्रित बजवाले १७, निखिल दत्तले १४ र श्रीमन्था विजयरत्नेले १० रन बनाएका थिए।

नेपालको बलिङमा सादब आलममात्र प्रभावकारी देखिएका थिए। उनले कुल ४ विकेट लिए भने बसिर अहमद र शेर मल्लले समान १/१ विकेट लिएका थिए।

नेपालका लागि आशुतोष घिरैयाले २८, अर्जुन कुमालले २७, बसिर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले समान १९ रन बनाएका थिए।

क्यानडाका लागि डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष ठेकरले समान दुई तथा कप्तान साद बिन जफर र कलिम सानाले सामन एक विकेट लिए।

 

 

प्रकाशित मिति: February 22, 2024

कमेन्ट गर्नुहोस्

advertisment