सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न स्विकृती

सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न स्विकृती फाइल फोटो/इएसपीएन
0Shares

काठमाडौं, फागुन १० गते

क्रिकेटर सन्दीप लामिछानेले आफू विरुद्ध लागेको बलात्कारको मुद्दा जेल बाहिर बसेर मुद्दा लड्न पाउने भएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भई ८ वर्ष जेल सजायँ तोकिएका सन्दीप त्यस विरुद्ध पुनरावेदन अदालतमा जादैंछ।

तर पुनरावेदन गर्दा  जेलभित्र बसेर मुद्दा लड्ने की जेल बाहिर भन्ने चर्चा चुलिएको थियो।

बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए ।

उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले  जानकारी दिए।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

प्रकाशित मिति: February 22, 2024

कमेन्ट गर्नुहोस्

advertisment