गोर्खाली रग्वी उपाधि तिर अगाडि वढ्दै

गोर्खाली रग्वी उपाधि तिर अगाडि वढ्दै
0Shares

काठमाडौं, फागुन १० गते

काठमाडौंमा जारी फिफ्टिन्स रग्वी लिगमा गोर्खाली रग्वी क्लबले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार दशरथ रंगशालामा लिग चरणको दोस्रो खेलमा गोर्खाली रग्वीेले एपीएफ क्लबलाई पराजित ग¥यो । लगातार दोस्रो जित निकाल्ने क्रममा गोर्खाली रग्वीले एपीएफलाई ४९–२० को स्कोरमा   हरायो । गोर्खाली ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफ ४ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित ग¥र्यो । आर्मीले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा पुलिसलाई ५३–७ ले पन्छायो । जित सहित आर्मी ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एपीएफसँग समान अंक भएपनि आर्मी स्कोरका आधारमा दोस्रो स्थानमा छ । पुलिस २ अंक सहित चौथौं बनेर पुछारमा छ ।
प्रतियोगिता अन्तर्गत शनिबार लिग चरणका अन्तिम खेलहरु हुनेछन् । अन्तिम चरणमा पुलिस र एपीएफ तथा गोर्खाली रग्वी र आर्मी क्लब भिड्ने छन् ।
नेपाल रग्वी संघले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ र गोर्खाली रग्वी क्लब गरी चार टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरेर राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्वी संघले जनाएको छ ।

प्रकाशित मिति: February 22, 2024

कमेन्ट गर्नुहोस्

advertisment