क्यानडा ११ को पहिलो जित

क्यानडा ११ को पहिलो जित
0Shares

काठमाडौं, फागुन ६ गते

क्यानडा एघार र नेपाल ‘ए’ विच शुरु भएको तीन दिवसीय क्यानडाको पहिलो खेलमा नेपाली टोली सँग ४ विकेटले पराजित भएको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार नेपाल ‘ए’ ले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाउँदै २१६ रन बनाएको थियो। क्यानडाले अन्तिम ‌ओभरमा ३ बल खेल्नु अगाडि लक्ष्य पूरा गर्यो ।

जितसँगै क्यानडाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ ।

क्यानडाका लागि नवनीत धलिवालले ७६ बलमा १० चौका रदुई छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी निखिल दत्तले ११५ बलमा पाँच चौका र एक छक्काको मद्दतले अविसिजत ६७ , कप्तान साद बिन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ र दिलप्रित बाज्वाले १० रन बनाए ।

नेपाल ‘ए’ का लागि साहब आलमले दुई तथा  रासिद खान, बसिर अहमद प्रतिश जित र सागर ढकालले समान एक विकेट लिए ।

नेपाल ‘ए’का लागि बसिर अहमदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रनको योगदान गरे । यसैगरी रासिद खानले ४०, मायन यादवले समान ३६, किरण ठगुन्नाले २५ विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडाका लागि साद बिन जाफले तीन, इश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक विकेट लिए ।

 

प्रकाशित मिति: February 19, 2024

कमेन्ट गर्नुहोस्

advertisment