गोर्खाली रग्वी र एपीएफको जित

गोर्खाली रग्वी र एपीएफको जित
0Shares

काठमाडौं, फागुन ६ गते
आईतबार काठमाडौंमा सुरु भएको फिफ्टििन्स रग्वी च्याम्पियनसिपमा गोर्खाली रग्वी क्लब र एपीएफ क्लबले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएको हो ।
पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । दोस्रो सेटमा पुलिसले अंक जोड्न असफल रह्यो ।दोस्रो खेलमा एपीएफले आर्मीलाई २९–१५ को स्कोरमा पराजित गरेको छ । पहिलो चरणको खेलमा जित निकाल्दै गोर्खाली र एपीएफले समान दुई अंक जोडेका छन् । लिग चरणमा हुने प्रतियोगिताका शीर्ष टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा गोर्खाली, आर्मी, पुलिस र एपीएफ गरि चार टिम सहभागी छन् । दोस्रो चरणको खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ सहित रनिङ ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त   गर्नेछ ।
प्रतियोगितामा खेलाडीले गर्ने प्रर्दशनका आधारमा फिफ्टिन्सको राष्ट्रिय रग्वी टिम निर्माण गर्ने नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: February 19, 2024

कमेन्ट गर्नुहोस्

advertisment