फिफ्टिन्स रग्वी च्याम्पियनसिपमा विदेशी खेलाडी

फिफ्टिन्स रग्वी च्याम्पियनसिपमा विदेशी खेलाडी
0Shares

काठमाडौं,फागुन ४ गते

नेपाल रग्बी संघको आयोजनामा यहि फागुन ६ गते देखि १२ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप २०८०’ को आयोजना हुने भएको छ।

प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने भएको छ।

नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ।

उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब र नेपाल प्रहरी खेलकुद क्लब भिड्ने भएका छन् भने दोस्रो खेलमा एपीएफ क्लब नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता फागुन ६ गते, ९ गते र १२ गते सञ्चालन हुनेछ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई संघले यस वर्षदेखि रनिङ ट्रफी प्रदान गर्न लागेको संघका अध्यक्ष दीपक देवकोटाले बताए।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछ।

सहभागी टिमलाई रग्वी प्रशिक्षक विजेलाश सनले एक महिना अघि देखिनै प्रशिक्षण गरिरहेको पत्रकार सम्मेलनमा बताइयो।

विदेशी खेलाडी

नेपाल रग्बी संघले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो पाँचौं सस्करण हो। यसअघिको चारवटै संस्करण त्रिभुवन आर्मी क्लबले जितेको थियो।

निकै रोमाञ्चक रुपमा टुंगिएको सो प्रतिस्पर्धामा त्रिभुवन आर्मीले अन्तिम सेकेन्डमा ‘ट्राइ’ गर्दै गोर्खाली क्लबलाई पराजित गरेको थियो।

तर यसपाली गोर्खाली क्लबले ट्रफी जित्ने गरी तयारी गरेको टिम कप्तान विक्रम पुरीले बताए।

उनले भने, ” यसपाली च्याम्पियन हुने लक्ष्यका साथ तयारी गरेका छौं। हामी त्यो लक्ष्यमा  पुग्छौं”।

त्यसका लागि गोर्खाली क्लबले ५ विदेशी खेलाडीहरुलाई बोलाएको गोर्खाली क्लबका मेनेजर सुरेन्द्र कुंवरले बताए।

उनका अनुसार गोर्खाली प्रतियोगिता खेल्न जापान, भारत र इङ्ग्याण्डका खेलाडी नेपाल आइसकेका छन् भने दुई खेलाडी आउने क्रममा छ।

नेपाल रग्बी संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रतियोगितामा ५ विदेशी राख्न पाउने र त्यसमा एक पटकमा ३ खेलाडी मैदान प्रवेश गर्न पाउने नियम बनाइएको बताए। पत्रकार सम्मेलनमा सहभागि चारवटै टोलीले तयारी गरेको बताएका थिए।

राष्ट्रिय टिम निर्माण गरिने

प्रतियोगितापछि राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताए।

उनका अनुसार नेपालले बंगलादेशसंग रग्बी १५ को दुई देशिय प्रतियोगिता खेल्न नेपाल निम्त्याउन लागिएको छ। उक्त प्रतियोगिता आगामी बैशाख महिनामा गर्ने योजना बनाइएको उनले बताए।

 

प्रकाशित मिति: February 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment