महिला क्रिकेट: एसिया कपमा छनोट हुन असफल

महिला क्रिकेट: एसिया कपमा छनोट हुन असफल
0Shares

काठमाडौं, फागुन ४ गते

अन्तिम ओभरमा नेपाललाई जित्न मलेसियालाई १० रन बनाउन रोक्नु पर्ने थियो।

यस्तो दवावपूर्ण स्थितिमा बलिङ गर्न आएका कविता कुँवरले २ चौका खाएपछि राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको फाइनलमा पुग्नबाट वञ्चित भएको छ।

मलेसियामा जारी प्रतियोगिताको शुक्रवार भएको सेमिफाइनलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १ सय १५ रन बनाएको थियो।

जवाफमा मलेसिया २० ओभरमा ११६ रन बनाइ ४ विकेटले जित हात पार्यो।

फाइनलमा पुगेसंगै मलेसिया ‘टी-२० एसिया कप’ मा छनोट भएको छ।

नेपालको भने ८ वर्षपछि एसिया कपमा पुग्ने सपना पूरा हुन सकेन। यसअघि नेपालले सन् २०१६ मा एसिया कप खेलेको थियो।

मलेसियाले फाइनलमा यूएईको सामना गर्नेछ । यूएईले सेमीफाइनलमा थाइल्याण्डलाई एक रोचक खेलमा पराजित गर्दै फाइनल पुगेको थियो।

एसिया कपमा टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बाँग्लादेश, श्रीलंका छ। यसमा जारी प्रतियोगिताको फाइनलमा पुगेको दुई टोली मलेसिया र यूएई छानिएको छ।

खेल जुलाई महिनामा हुनेछ। आयोजक राष्ट्रको निर्णय हुन भने बाँकी छ।

नेपालको ब्याटिङ

मलेसियाको बायुमास ओभलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो।

नेपालबाट कप्तान इन्दु वर्माले २९, डली भट्टले २५,  कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन्।

रुविना र इन्दुले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरेकी थिइन्।

जवाफमा एल्सा हन्टरले ६९ रनको अविजित पारी खेल्दै टिमलाई जिताउन मुख्य भूमिका खेलिन्।

यसअघि नेपालले क्वार्टर फाइनलमा कुवेतलाई हराएको थियो भने लिग चरणमा भुटान, माल्दिभ्स र हङकङलाई पराजित गरेको थियो।

सो क्रममा रुविना क्षेत्रीले माल्दिभ्स विरुद्ध ११८ रनको पारी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला खेलाडीको कीर्तिमान बनाएकी थिइन्।

त्यस्तै सीता रानामगरले कुवेत विरुद्ध ह्याट्रिक विकेट लिएकी थिइन्।

नेपाली टोली:

इन्दु वर्मा, सिता रानामगर,  रुविना क्षेत्री, कविता कुँवर, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, काजल श्रेष्ठ, विन्दु रावल, रोमा थापा, संगीता राई

 

प्रकाशित मिति: February 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment