विश्वकप लिग २ को शुरुआत हारबाट

विश्वकप लिग २ को शुरुआत हारबाट
0Shares

काठमाडौं, फागुन ३ गते

चारवर्ष निरन्तर चल्ने एसोसियट क्रिकेट राष्ट्रहरुको ठूलो स्वरुपको प्रतियोगिता ‘विश्वकप लिग-२’ को शुरुआत आज कीर्तिपुर क्रिकेट मैदानबाट भएको छ।

यद्यपी लिग-२ को शीर्ष स्थानमा रहने लक्ष्य राखेको नेपाली क्रिकेट टोलीको शुरुआत नामिवियासंगको हारबाट भयो।

पावर प्ले मा नेपालका ४ खेलाडी आउट भएपछि खेलमा नियन्त्रण गुमाएको नेपाल विहिवार विश्वकप लिग २ को पहिलो खेलमा नामिवियासंग ४ विकेटले पराजित भएको छ।

टस हारेर पहिलो ब्याटिङ  गर्न आएका नेपाली खेलाडीहरुले विहानको विकेटमा नामिवियाको बलिङ झेल्न नसक्दा १३२ रनमा सीमित हुन पुग्यो।

जुन कीर्तिपुर मैदानमा नेपालले एकदिवसीयमा बनाएको अहिलेसम्मको सबैभन्दा न्यून स्कोर थियो। ६ खेलाडी गुमाउदै नामिवियाले सहजै खेल जित्यो।

कप्तान रोहित पौडेलले भने, ” माथिल्लो क्रमका ब्याटरहरु सम्हलिन सकेनन्। ”

क्यानडा विरुद्धको श्रृंखलाको ३ वटै खेल जितेको नेपाली टोलीले मुख्य प्रतिस्पर्धामा भने अंक जोड्न सकेनन। तर नेपाली प्रशिक्षक मोन्टी देशाई भने यसलाई अवसरको रुपमा हेर्छन्।

उनी भन्छन्, ” यो कमजोरीबाट सिक्ने अवसर हो। ”

आयोजक नेपाल सहित नेदरल्याण्डस र नामिविया सम्मिलित लिग २ को यो पहिलो श्रृंखलामा हरेक टोलीले एक अर्को संग २/२ खेल खेल्नेछन्।

विहिवारको खेलसंगै नेपालले अबको चारवर्ष आठ राष्ट्र सम्मिलित लिग २ को यात्रा अगाडि वढाएको छ।

आठ राष्ट्रहरु क्यानडा, नामिविया, नेदरल्याण्डस, नेपाल, ओमान, स्कटल्याण्ड, अमेरिका र यूएई विच हुने प्रतियोगिताको शीर्ष ४ राष्ट्रले एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोट खेल्नेछन् भने  तल्लो चार टोलीले प्ले अफ खेल्नेछन्।

नेपालले अर्को खेल आगामी शनिवार नेदरल्याण्डससंग खेल्नेछ।

 

 

प्रकाशित मिति: February 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment