रुविना १ सय रन बनाउने पहिलो नेपाली महिला

रुविना १ सय रन बनाउने पहिलो नेपाली महिला 2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.
0Shares

काठमाडौं, फागुन १ गते

राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्री अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन्।

मलेसियामा सञ्चालन भइरहेको एसिसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा रुविनाले माल्दिभ्स विरुद्ध खेल्दै त्यस्तो कीर्तिमान बनाएकी हुन्।

उनले कुल ११८ रन बनाइन्। ५९ बल खेलेकी उनले सो क्रममा १० चौका र ५ छक्का प्रहार गरेकी थिइन्।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा मंगलबार नेपालले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमै समेटियो । माल्दिभ्सका कुनै पनि ब्याटिरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तीन खेलमा ६ अंक जोडेको नेपालले क्वार्टरफाइनलमा समूह ‘ए’को उपविजेता कुवेतसँग खेल्नेछ ।

माल्दिभ्स विरुद्धको यो जितमा नेपालबाट थुप्रै कीर्तिमानहरु बनेको छ।

रुविनाको ११८ रन नेपाली महिला क्रिकेटरले एकै खेलमा बनाएको सर्वाधिक ब्यक्तिगत रन हो। यसअघि कतारविरुद्ध सीता रानामगरले अविजित ८२ रन बनाएकी थिइन् ।

पाँचौं विकेटका लागि रुबिना र पूजाले अविजित १६६ रनको साझेदारी गरे। यो नेपालका लागि सर्वाधिक ठूलो रनको साझेदारी हो ।

खेलमा पूजा महतोले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतले अविजित ५९, सीता रानामगरले १५ र कविता कुँवरले १३ रन बनाएका थिए।

लगातर तेस्रो जित निकालेको नेपाल समूह ‘डी’ को विजेता बन्दै क्वार्टरफाइनल पुगेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

माल्दिभ्स प्रयितोगितामा जितविहिन बनेको छ । यसअघि माल्दिभ्सले भुटानसँग ९४ र हङकङसँग १७२ रनको पराजय ब्यहोरेको थियो ।

नेपालका लागि अस्मिना कर्माचार्यले चार, रुबिना र पूजा महताले समान तीन विकेट लिए ।

 

 

 

प्रकाशित मिति: February 13, 2024

कमेन्ट गर्नुहोस्

advertisment