रिमाललाई हङकङ हाफ म्याराथनमा स्वर्ण

रिमाललाई हङकङ हाफ म्याराथनमा स्वर्ण
0Shares

काठमाडौं, माघ २१ गते

नेपालका धावक हरि रिमालले हङकङमा सम्पन्न चाइना कोस्ट म्याराथन अन्तर्गत हाफ म्याराथनको उपाधि उचालेका छन् । रिमाल यो प्रतिस्पर्धामा स्वर्ण जित्ने प्रथम नेपाली धावक बन्दै ईतिहास रचेका छन् ।

उनले १ घण्टा १९ मिनेट ३२ सेकेन्डमा दूरी पुरा गरे । दौड उकालो ओरालो स्थानमा भएकाले दूरी पार गर्न केही समय बढी लागेको धावक रिमालले बताए । रिमाल नेपाली सेनाका धावक हुन् ।

एथलेटिक्स भेटेरियन्स अफ चाइनाले आयोजना गरेको यो प्रतिस्पर्धामा रिमाल नेपालबाट सहभागी थिए । रिमाल नेपालका मध्यदूरीका उत्कृष्ट धावक हुन् । उनले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै विभिन्न प्रतिस्पर्धाका उपाधी उचालेका छन् भने ओलम्पिक समेत खेलिसकेका छन् ।

प्रकाशित मिति: February 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment