साफ यु १९: नेपालले भुटानलाई हरायो

साफ यु १९: नेपालले भुटानलाई हरायो
0Shares

काठमाडौं, माघ २१ गते

साफ यु-१९ महिला च्याम्पियनसिप २०२४ को दोस्रो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको छ।

ढाकाको विएसएसएस रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालको जितमा सेनु परियारले भूटान विरुद्ध एकमात्र गोल गरेका हुन्। जितसंगै नेपालको फाइनल सम्भावनालाई जिवितै भएको छ। दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ ले पराजित भएको थियो।

नेपाल भुटानविरुद्ध पहिलो एघारमा तीन परिवर्तित खेलाडीका साथ मैदान उत्रिएको थियो । गोलकिपर सुजता तामाङको स्थानमा प्रशिक्षक बालगोपाल साउखलले लीला जोशीलाई मौका दिएका थिए । त्यस्तै रक्षकद्धय गंगा रोकाया र माया मास्केको स्थानमा सरीता कुमारी नाथ र समीक्षा मगर मैदानमा उत्रिएका थिए ।

प्रकाशित मिति: February 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment