प्रधानमन्त्री कप: एक खेल नहारी जितेको पुलिसको गर्विलो उपाधि

प्रधानमन्त्री कप: एक खेल नहारी जितेको पुलिसको गर्विलो उपाधि
0Shares

काठमाडौं, माघ २० गते

त्रिभुवन आर्मी क्लबलाई फाईनलमा पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

आर्मीले जितका लागि दिएको १८२ रनको लक्ष्य पुलिसले ३५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

पुलिसका लागि शङ्कर रानाले सर्वाधिक ६२ रन बनाए। त्यस्तै आरिफ शेखले २७, अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन बनाए।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मी ४९.५ ओभरमा १८१ रनमा अलआउट भएको थियो। आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रन बनाए। त्यस्तै सोमपाल कामीले ३९ बनाए। साथै इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान ३/३ विकेट लिदा सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १/१ विकेट लिए। उपाधिसंगै पुलिसले १० लाख रुपैया प्राप्त गर्दा उपविजेता बनेको आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो।

प्रकाशित मिति: February 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment