दुर्गेश र आकाशको कीर्तिमानी साझेदारी

यु -१९ विश्वकपमा नेपाल भारतसंग पराजित

दुर्गेश र आकाशको कीर्तिमानी साझेदारी
0Shares

काठमाडौं, माघ १९ गते

आईसीसी यू–१९ विश्वकपको आफ्नो अन्तिम खेलमा नेपाल भारतसंग १३२ रनले पराजित भएको छ।

भारतले जितको लागि दिएको २९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रनमा समेटियो।

यद्यपी नेपालका दुर्गेश गुप्ता र आकाश चन्दले अन्तिम विकेटका लागि भारत विरुद्ध गरेको संघर्ष नेपालको लागि तारिफयोग्य पाटो बन्यो।

यी दुईले अन्तिम विकेटकालागि अविजित ४५ रनको साझेदारी गरे, जुन नेपालको यु १९ क्रिकेटको नयाँ कीर्तिमान हो।

दुर्गेशले अविजित २९ र आकाशले अविजित १८ रनको पारी खेले।

३९.५ ओभरबाट खेल्न थालेका यो जोडिले पुरै ५० ओभरसम्म नेपालको इनिङ तान्न सफल भए।

कुनै पनि समय खेल समाप्त गर्ने आशामा रहेका भारतीय बलरहरुले पूरै ५० ओभर बल फ्याल्न बाध्य भए।

यसअघि पहिलो विकेटको लागि ४८ रनको साझेदारी गरेको नेपाल मध्यक्रममा एकाएक ध्वस्त हुन पुगेको थियो।

२४ ओभरसम्म ७१ रन बनाई २ खेलाडीमात्र गुमाएको नेपालले बाँकी ६ रन जोड्दा थप ५ खेलाडी गुमाइसकेको थियो। ४ ओभरको विचमा ५ खेलाडी गुमाउनु परेको हो।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए। त्यस्तै ओपनर अर्जुन कुमालले २६ रन बनाउदा अर्का ओपनर दिपक बोहोराले २२ रन बनाए। आकाश चन्द १८ र दुर्गेश गुप्ता २९ रनमा नटआउट रहे।

उत्तम मगरले ८ रन बनाउदा गुल्सन झा मात्र १ रन बनाएर आउट भए। भारतका लागि सामु पान्डेले सर्वाधिक ४ विकेट लिए। त्यस्तै अर्सिन कुलकार्निले २, राज लिम्बानी, आर्ध्य शुक्ला र मुर्गुन अभिषेखले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो। भारतका लागि सचिन दासले ११६ रनको शतकिय पारि खेल्दा अर्का खेलाडी तथा कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेले।

त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुलकर्नीले १८ रन बनाए। नेपालका लागि गुलशन झाले सर्वाधिक ३ विकेट लिँदा आकाश चन्दले १ विकेट लिए।

नेपाल यसअघि सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसंग पराजित भएको थियो।

यो संगै विश्वकपमा१ खेल जित्दै नेपालको विश्वकप यात्रा समाप्त भएको छ। नेपालले समूह चरणको खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो।

प्रकाशित मिति: February 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment