प्रधानमन्त्री कप: आर्मी फाइनलमा

प्रधानमन्त्री कप: आर्मी फाइनलमा
0Shares

काठमाडौं, माघ १८ गते

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज भएको खेलमा बिहीबार गण्डकीलाई ६४ रनले हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो। आर्मीले जितका लागि दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमै समेटियो। आर्मीका लागि शाहब आलमले ४ विकेट लिए। त्यस्तै जितेन्द्र मुखिया र कुशल मल्लले समान २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ३९.१ ओभरमा १३२ रनमै अलआउट भएको थियो। आर्मीका लागि इमरान शेखले सर्वाधित ३४ रन बनाए। त्यस्तै सोमपाल कामीले २३ , कप्तान विनोद भण्डारीले १९ रन र कुशल मल्लले १५ रन बनाए। गण्डकीको लागि विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान २/२ विकेट लिए। त्यस्तै सन्दीप पराजुली र रोशन गौतमले समान १/१ विकेट लिए।

प्रकाशित मिति: February 1, 2024

कमेन्ट गर्नुहोस्

advertisment