पुलिसको अपराजित यात्रा

पुलिसको अपराजित यात्रा दीपेन्द्र सिंह ऐरीले ७ विकेट लिए
0Shares

काठमाडौ, माघ १८ गते

अपराजित हुदै पुलिस फाइनलमा अपराजित रहदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

विहिवार भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गर्दै फाइनल पुगेको हो। पुलिसले जितका लागि दिएको १९८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३७.१ ओभरमा १२० रनमै अलआउट भयो।

सुदूरपश्चिमका गजेन्द्र बोहराले सर्वाधिक ३० रन बनाए। त्यस्तै किरण ठगुन्नाले २४ रन बनाएर आउट हुदा नरेन साउद २४ रनमा नटआउट रहे। पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७ विकेट लिए।

त्यस्तै ललितनारायण राजवंशी, ललित भण्डारी र सागर ढकालको नाममा समान १/१ विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा १९८ रन अलआउट भएको थियो। पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए।

त्यस्तै शंकर रानाले ४६ रन बनाए। त्यस्तै अर्जुन साउदले ३२ रन र आरिफ शेखले २६ रन बनाए। सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३ विकेट लिए। त्यसतै मिलन बोहरा, विकास आग्री र नारायण जोशीले समान २/२ विकेट लिए।

 

प्रकाशित मिति: February 1, 2024

कमेन्ट गर्नुहोस्

advertisment