थ्रीस्टार आहा रारा गोल्डकपको फाइनलमा

थ्रीस्टार आहा रारा गोल्डकपको फाइनलमा
0Shares

पोखरा,  माघ १७ गते

थ्रीस्टार क्लब पोखरामा जारी २३ औ संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

आज बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा जावलाखेललाई १-० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार फाइनल प्रवेश गरेको हो।

थ्रीस्टारका लागी दिपेश घलेले गरेको गोल नै निर्णायक बन्यो। थ्रीस्टारले अब उपाधिका लागी त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबिचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।

खेलको दोस्रो मिनेटमै थ्रीस्टारका आशिष चापागाइले गोल गर्नै सुन्दर अवसर खेर फालेका थिए। डिबक्सबाहिरबाट उनले प्रहार गरेको सट जावलखेलका गोलकिपर अनिस देउलाले बचाए। आठौ मिनेटमा थ्रीस्टारका आशिषलेनै अर्को राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन्।

विवेक पौडेलले दिएको पासलाई उनले दुईजना डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको वान भि वान सट जावलखेलका गोकिपर अनिस देउलाले बचाएका थिए। २४ औ मिनेटमा जावलाखेका हिसुप थपलियाले प्रहार गरेको कर्नल किकलाई सुनिल खड्काले प्रहार गरेको बललाई थ्रीस्टारका एन्जल महर्जनले गोललाइन छेउमा ब्लक गरे। ३१औ मिनेटमा थ्रीस्टारका आशिषले अर्को अवसर खेर फाले। डिवक्सभित्र जावलाखेलका दुई डिफेन्डर बिट गर्दै प्रहार गरेको उनको सट पोष्ट नजिकैबाट बाहिरियो। ६१औ मिनेटमा आशिष चापागाईको फ्रिकिक जावलाखेलका खेलाडीलाई लागेर फर्कियो।

मौसम सुब्बालाई जावलाखेलका डिफेन्डरले डिवक्सबाहिल लडाएपछि थ्रीस्टारले फ्रिकिक पाएको थियो। ७५ औ मिनेटमा जावलाखेलका मिडफिल्डर प्रदिप बुढाथोकीले डिवक्सभित्रबाट प्रहार गरेको हेडिंग बल थ्रीस्टारको गोलपोष्टको थोरै माथिबाट बाहिरियो। ७८ औ मिनेटमा थ्रीस्टारका वैकल्पिक खेलाडी दिपेश घलेले गोल गरे। दिपेश आलेको दिएको पासमा घलेले जावलाखेलका डिफेन्डरलाई बिट गरेर प्रहार गरेको सटले गोलपोष्टको जाली चुमेको हो। घले दोस्रो हाफमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका थिए।

 

प्रकाशित मिति: January 31, 2024

कमेन्ट गर्नुहोस्

advertisment