कोशी प्रदेश लाई अन्तत: जीतको स्वाद

कोशी प्रदेश लाई अन्तत: जीतको स्वाद
0Shares

काठमाडौँ, माघ १२ गते

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले सान्तवना जित निकालेको छ।

लगातार आठौ खेलसम्म पराजित भएको कोशीले आफ्नो अन्तिम खेलमा १६ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट हुनपुग्यो।

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए। त्यस्तै विराट भण्डारीले २८, सम्राट भुषालले २६, कृष्ण कार्कीले २२, सुशान्त थापा र निर्मल गुरुङले ११ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४४. ४ ओभरमा अल आउट हुदै १७२ रन बनाएको थियो ।  कोशीका सुजन घिमिरेले सर्वाधिक ३ विकेट लिदा अभ्यास तिम्सिना, समिर कार्की र कमल खत्रीले समान २/२ विकेट लिएका थिए।

कोशीका लागि अंकित सुवेदीले ४९, सुजन घिमिरेले ४३, मिनास थापाले २५, सोनु अन्सारीले १७ र आशिष भट्टराईले १० रन बनाए। लुम्बिनीले बलिङतर्फ नर सार्कीले ४ विकेट लिए भने वीर मगरले ३, अभिषेक गौतमले २ र कृष्ण कार्कीले १ विकेट लिएका थिए।

प्रकाशित मिति: January 30, 2024

कमेन्ट गर्नुहोस्

advertisment