चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनलमा
0Shares

माघ १६ गते

नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड क्लब २३औँ संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा विभागिय टोलि पुलिसलाई १-० गोलअन्तरले पराजित गर्दै चर्चले सेमिफाइनलको यात्रा तय गरेको हो।

चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर तामाङले गरेको गोल नै निर्णायक बन्यो। साथै प्रतियोगिताको सेमिफाइल समिकरण पनि पुरा भएको छ। चर्चसंगै त्रिभुवन आर्मी, थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबले अन्तिम चारमा स्थान पक्का गरेका छन्।

चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि विहिवार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। त्यस्तै थ्रीस्टार क्लबले जावलाखेलसॅग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: January 30, 2024

कमेन्ट गर्नुहोस्

advertisment