सम्झना कप टेबल टेनिस शूरु

पूर्व च्याम्पियन गीतलाई भेट्रान्समा स्वर्ण

सम्झना कप टेबल टेनिस शूरु
0Shares

काठमाडौं, माघ १६ गते

टेबलटेनिसकी पूर्व राष्ट्रिय च्याम्पियन एवं दक्षिण एसियाली खेलकुदकी कांस्य विजेता गीता थापा मगरले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा मंगलबार स्वर्ण जितेकी छन् ।

ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनलमा धरान टेबलटेनिस क्लबकी गीताले ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस एकेडेमीकी इन्दिरा पराजुलीलाई ११–९, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् । सीवाइसीकी विजेता ब्यञ्जन्कार र ज्ञानभैरवकी सम्झना पोखरेल तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१६ गल्र्स सिंगल्समा धरान एन्ड टिस्टा टोर्सा टेबलटेनिस एकेडमीकी श्रेया धर पहिलो भइन् । श्रेयाले फाइनलमा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी सुस्मिता खड्कालाई सीधा सेटमा १२–१०, ११–४ र ११–८ ले हराइन् । होप्सकी योङगी पौडेल र एपीएफ क्लबकी सोनम ठाकुर तेश्रो बने । दुवै स्पर्धामा स्वर्ण जित्नेलाई कोरियन बीबीक्युको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । भारतबाट १६ पुरुष र ८ महिला तथा चीनबाट २ महिला खेलाडी सहभागी हुने छन् ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम, पुरुष सिंगल्स भेट्रान ४० वर्षमाथि र ५५ वर्षमाथि, महिला सिंगल्स भेट्रान ४० वर्षमाथि तथा यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स गरी ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष÷महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार पाउने  छन् । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार जित्ने छन् । कुल नगद पुरस्कार राशी ५ लाख ८० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: January 30, 2024

कमेन्ट गर्नुहोस्

advertisment