सुदुर पश्चिमलाई हरायो एपीएफले

सुदुर पश्चिमलाई हरायो एपीएफले
0Shares

काठमाडौं, माघ १६ गते

मूलपानी क्रिकेट मैदानमा भएको अर्को एउटा स्लो स्कोर म्याचमा एपीएफले सुदुर पश्चिमलाई ३ विकेटले पराजित गरेको छ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तर्गत मंगलवार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १६.२ ओभरमा अलआउट हुंदै ८७ रनमात्र जोड्यो। सो लक्ष्य एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै प्राप्त गर्यो।

सुदूरपश्चिमकाम तर्फबाट नारायण जाशीले अविजित ३१ रन बनाए भने ओपनर खड्क बोहोराले २४ रन बनाउन सकेको थियो। सुदूरका चार खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।

एपीएफका चन्दन रामले सर्वाधिक ५ विकेट लिए भने भुवन कार्कीले तीन र रोहित पौडेलले दुई विकेट लिए।

जवाफमा आएको एपीएफका खेलाडीहरुलाई पनि ब्याटिङमा समस्या परेको थियो। टोलीका लागि सन्दीप जोराले सर्वाधिक १८ रन, आशिफ शेखले १५ रन, भुवन कार्कीले १४ रन र प्रलिप ऐरीले १२ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि दिपक चन्दले ४ र नरेन साउदले तीन विकेट लिए ।
जितसँगै एपीएफ १० अंक जोडेको छ भने सुदूरको ८ अंक रहेको छ ।

 

प्रकाशित मिति: January 30, 2024

कमेन्ट गर्नुहोस्

advertisment