आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा
0Shares

काठमाडौँ, माघ १४,

विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार पोखरा रंगशालामा सम्पन्न खेलमा साविक विजेता संकटा क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

आर्मीका लागि दिनेश हेन्जनले २ गोल गर्दा जिलेस्पी जंग कार्कीले १ गोल गरे। यो जित सँगै आर्मीले फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबसँगको विजेतासँग खेल्नेछ।

यी दुईबिचको खेल फागुन १८ गते हुनेछ।

प्रकाशित मिति: January 28, 2024

कमेन्ट गर्नुहोस्

advertisment