थ्री स्टारको जितमा आशिषको दुई गोल

थ्री स्टारको जितमा आशिषको दुई गोल
0Shares

पोखरा, माघ १३ गते

आशिष चापागाईंको दुई गोलको मदतमा भुटानको पारो एफसीलाई २–० को जित निकाल्दै थ्रीस्टार क्लब आहारारा पोखरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

चापागाईंले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । चापागाईंले ११४ र ११९ मिनेट गरी दुई गोल गरेका हुन्।

निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकी खेल अतिरिक्त समयमा धकेलिएको थियो। त्यसमा चापागाईले पहिलो गोल पेनाल्टी बक्सबाट गोल गरेका थिए भने दोस्रो गोल विपक्षी गोलरक्षक जाङ्पो  अगाडि वढेको मौकामा गरेका थिए।

थ्रीस्टार आहाराराको उपाधि पाँचौं पल्ट जितिसकेको छ । अब सेमिफाइनलमा थ्रीस्टारले माघ १७ गते जावलाखेल र मनाङ मर्स्याङ्दीको विजेता संग खेल्नेछ।

 

प्रकाशित मिति: January 27, 2024

कमेन्ट गर्नुहोस्

advertisment