एपीएफ छैटौं स्थानमा

एपीएफ छैटौं स्थानमा
0Shares

काठमाडौं, माघ १३ गते

नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशलाई ८८ रनले पराजित गर्दै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं स्थानमा उक्लिएको छ।

शनिवार मुलपानी क्रिकेट मैदानमा एपिएफले पहिलो ब्याटिङ गर्दै ४७.२ ओभरमा अलआउट हुंदै २०७ रन बनायो। जवाफमा गण्डकी ३३.४ ओभरमा ११९ रनमात्र बनाउन सक्यो।

टस हारेर पहिले ब्याटिङ पाएको एपीएफको तर्फबाट ओपनर लोकेश बमले ६७ बलमा ५ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको अर्धशतकिय पारी खेलेका थिए।  त्यस बाहेक भुवन कार्कीले ४२, प्रदीप ऐरीले ३९ र पुरन विकले ३० रन जोडे ।

दोस्रो विकेटका लागि लोकेश र पुरनले ७० तथा सातौं विकेटका लागि भुवन र प्रदीपले ६९ रनको साझेदारी गरे । गण्डकीका लागि कमल परियारले तीन तथा विपिन खत्री, अमृत गुरुङ र सन्दिप पराजुलीले समान दुई विकेट लिए।

गण्डकीका लागि ओपनर समिर कँडेलले ३३ रन, इश्वर क्षेत्रीले २८ रन, कप्तान विपिन खत्रीले अविजित १८ रन र किरण पंगेनीले १६ रन बनाएका थिए।  ।

एपिएफका लागि अमरसिंह राउटेलाले सात ओभरमा एक मेडनसहित १७ रन खर्चिएर चार विकेट लिए । यसैगरी श्याम ढकाल (मौसम)ले तीन, भुवन कार्कीले दुई रमेश कुर्मीले एक विकेट लिए ।

 

 

प्रकाशित मिति: January 27, 2024

कमेन्ट गर्नुहोस्

advertisment