सागलाई लक्षित गरी टेबलटेनिसको प्रशिक्षण

सागलाई लक्षित गरी टेबलटेनिसको प्रशिक्षण
0Shares

काठमाडौं, माघ १३ गते
टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ ।‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
पुरुष÷महिलामा शीर्ष १६–१६ वरीयताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् । प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । कार्यक्रममा टेबलटेनिसलाई सहयोग गर्ने विभिन्न संस्थालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति: January 27, 2024

कमेन्ट गर्नुहोस्

advertisment