क्षमता अभिबृद्धि तालिम सम्पन्न

क्षमता अभिबृद्धि तालिम सम्पन्न
0Shares

काठमाडौं, माघ १३ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानद्वारा संयुक्त आयोजित क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहभागीलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
साताव्यापी तालिममा राखेपमा कार्यरत विभिन्न खेलका करार सेवाका सहायक प्रशिक्षक र तीन विभागीय टोलीका प्रशिक्षक गरी जम्मा ४० जना सहभागी थिए । उनीहरुलाई सुशिलनरसिंह राणा, हिमालराज दाहाल, डा. नवीसमान प्रधान, सञ्जय महर्जन, राजेन्द्ररत्न तुलाधर, लक्ष्मण अधिकारी र रितामैया प्रजापतिले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति: January 27, 2024

कमेन्ट गर्नुहोस्

advertisment