यु १९ विश्वकप: अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

यु १९ विश्वकप: अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा
0Shares

काठमाडौं,  माघ ११ गते

आकाश चन्दले करिअरको उत्कृष्ट बलिङ गरेपछि नेपालले अफगानिस्तानलाई पराजित गर्दै आइसीसी यु १९ विश्वकपको सुपर सिक्समा प्रवेश  गरेको छ।

समूह चरणको जित्नै पर्ने अन्तिम खेलमा नेपालले टस जितेको अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा सीमित पार्‍यो। अनि ००० ओभरमा लक्ष्य पूरा गर्‍यो।

समूह ‘डी’ को ३ वटा खेलमा पराजय बेहोरेको अफगानिस्तान सुपर सिक्सबाट बाहिरियो भने न्युजिल्यान्ड, पाकिस्तान र नेपाल यस समूहबाट माथि उक्लिएको हो।

युवा विश्वकपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको यो पहिलो पटक हो। त्यस्तै ८ वर्षपछि विश्वकपमा छानिएको नेपालले समुह चरण पार गर्न सक्यो।

अब नेपालले सुपर सिक्समा समूह ‘ए’ का प्रतिद्न्दीसंग सुपर सिक्सका खेल खेल्नेछन्। समूह ‘ए’ मा भारत, बाँग्लादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘ए’ बाट बाहिरिने एक टोलीको निर्णय हुन बाँकी छ।

देवको साहसिक इनिङ

नेपाललाई जित दिलाउन देब खनालले महत्वपूर्ण कप्तानी इनिङ खेले।

ओपनर अर्जुन कुमाल १० रन तथा आशा गरिएका खेलाडी गुलशन झा १ रनमै आउट भएपछि धरमराएको नेपाली इनिङ उकास्दै कप्तान देब खनालले नेपाललाई जिततिर दोर्याएका हुन्।

दुई पटक जीवनदान पाएका देबले एक इन्डमा डटेर खेल्दै नियमित रुपमा रन वटुलेका थिए।

तीन बल खेलेर ४ रनमात्र जोडेको अवस्थामा देबले पहिलो जीवनदान पाएका थिए। ७.५ ओभरमा अफगानिस्तानका बलर मोहम्मद घजनफरले ‘कट एन्ड बोल्ड’ गर्न चुकेका थिए। अर्को पटक उनी रन आउट हुनबाट जोगिएका थिए।

त्यसपछि देवले सम्हालिएर खेले। उनले ८९ बल खेल्दै ५८ रनको अर्धशतकिय इनिङ खेले। सो क्रममा उनले ७ चौका प्रहार गरेका थिए।

नवौं ओभरमा विपिन रावल आउट भएपछि नेपाल २४-३ को खतरनाक अवस्थामा पुगेको थियो। दवावको यो बेला देव र आकाश त्रिपाठीले चौथो विकेटका लागि ४९ रनको साझेदारी गरेर इनिङ उकासेका थिए।

तर २४ औं ओभरमा आकाश (१६ रन) आउट भएपछि र त्यसपछि आएका दीपक डुम्रे र दिपेश कँडेल चाँडै आउट भएपछि नेपाल फेरी दवावमा परेको थियो।

यस्तो अवस्थामा देवलाई दीपक बोहोराले राम्रो साथ दिएपछि नेपाल जिततिर अग्रसर भएको थियो।

तर ३६.३ ओभरमा देब विकेट किपर नुमान शाहबाट क्याच आउट भएपछि नेपाल फेरी दवावमा पर्यो। यस्तोमा दीपक बोहोराले खेल सम्हाले। उनले ४२ बलमा २७ रन जोडे।

श्वास रोकिने ४५ औं ओभर

४५ औं ओभरको खेल श्वास रोकिने खालको थियो।

४४ औं ओभरको अन्तिम बलमा आकाश चन्द बोल्ड भएपछि नेपाललाई जितको लागि २ रन चाहिएको थियो भने १ विकेटमात्र बाँकी थियो।

यस्तोमा दुबै टोलीका खेलाडीहरु अत्यन्त तनावमा थिए। यहि तनावको वातावरणमा ४५ औं ओभरको पहिलो बलमा अरब गिलले पहिलो बल वाइड फाल्न पुगे र खेल टाइ भयो।

अव नेपाललाई जितको लागि १ रनमात्र चाहिएको थियो। ३५ बल हातमा थियो। यस्तोमा ३ बल डट खेलेपछि सुभाष भण्डारीले विजयी चौका प्रहार गरिदिए।

अनि खुशीमा सारा नेपाली खेलाडीहरु मैदानमा दौडिए।

आकाश चम्किँदा

दक्षिण अफ्रिकाको इस्ट लन्डन स्थित वफेलो पार्कमा खेलिएको खेलमा आकाशले ५ विकेट लिएर शुक्रवार अभूतपूर्व प्रदर्शन गरे।

यसका साथै उनी टेस्ट टोली विरुद्ध ५ विकेट लिने उनी पहिलो नेपाली खेलाडी बनेका छन्। यसअघि राहुल विश्वकर्मा र सन्दीप लामिछानेले यु १९ विश्वकपमा ५ विकेट लिन सफल भएका थिए।

पहिलो ओभरको चौथो बलमा नै गुलशन झाले विकेटकिपर ब्याटर नुमान शाहलाई डुम्रेको विकेट लिएका थिए।

त्यसपछि अफगानिस्तानको इनिङ ध्वस्त पार्ने काम तीव्र गतिका बलर आकाश चन्दले गरे।

उनले १.३ ओभरमा खालिद तनिवाल (० रन) लाई विकेटकिपर विपिन रावलद्वारा क्याच गराए।

त्यसपछि सातौँ ओभरमा अफगानिस्तानका भरपर्दा ओपनर जम्सिद जाद्रान (३ रन) लाई बोल्ड गरे। जाद्रानले एसिया कपको पछिल्लो भेटमा नेपाल विरुद्ध शतक बनाएका थिए।

उनको तेस्रो सिकार सोहेल खान भए। आठौँ ओभरमा ४ रन बनाएर सङ्घर्ष गरिरहेका सोहेललाई आकाशले देव खनालबाट क्याच आउट गराएका थिए। लगत्तै उनले अलि अहमदलाई एलबीडब्लुको धरापमा पारेका थिए।

आकाशले पाँचौँ विकेटको रूपमा हसन इशाखिललाई आउट गरेका थिए। ३५ बलमा २० रन बनाएर खेलिरहेका हसनलाई दीपेश कंडेलबाट क्याच आउट गराएपछि आकाशले मैदानमा ढोगेका थिए।

आकाश चम्किएपछि अफगानिस्तानको ११.३ ओभरमा ६ विकेट झरेको थियो र टोली ४३ रनको खराब अवस्थामा पुगिसकेको थियो।

क्याच ड्रप

१२ औँ ओभरमा मोहम्मद घजनफारले खाता नै खोल्न नपाउँदै जीवनदान पाउनु नेपालको लागि महँगो साबित भयो।

आकाशले फ्यालेको बलमा विकेटकिपर विपिन राउलले क्याच फुत्काउन पुगेका थिए। त्यसपछि घजनफारले ३ छक्का सहित २० बलमा ३७ रन बनाएर अप्ठ्यारो स्थितिमा पुगिसकेको अफगानी खेलाडीहरूको हौसला बढाउने काम गरेका थिए।

एक समय सय भन्दा कम रनमा समेटिने छाँट देखाएको अफगानिस्तानका लागि कप्तान नासिर खान र फरिडोन डवडजाईले महत्त्वपूर्ण इनिङ खेले। यी दुईले आठौँ विकेटका लागि ५५ रनको साझेदारी गरेपछि टोली डेढ सयको नजिक पुग्न सफल भयो।

आकाशपछि दिपेश कँडेलले ३ तथा तिलक भण्डारी र सुभाष भण्डारीले १/१ विकेट लिएका थिए।

 

 

 

 

 

प्रकाशित मिति: January 27, 2024

कमेन्ट गर्नुहोस्

advertisment