मछिन्द्र स्तब्ध, जावलाखेल क्वार्टरफाइनलमा

मछिन्द्र स्तब्ध,  जावलाखेल क्वार्टरफाइनलमा
0Shares

पोखरा, माघ ११ गते

नाम चलेका राष्ट्रिय खेलाडीहरु जम्मा गरेर तयार पारिएको मछिन्द्र क्लब आहारारा पोखरा गोल्डकप फुटबलको पहिलो खेलबाटै बाहिरिएको छ

शुक्रवार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले मच्छिन्द्रलाई १-० गोलले पराजित गर्दै   क्वार्टरफाइनलमा प्रवेश गर्यो।

क्वार्टरफाइनलमा अब जावलाखेलले सोमबार मनाङ मर्स्याङ्दी क्लबसँग खेल्ने छ ।

केही समयअघि राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका विशाल श्रेष्ठले मछिन्द्रको कप्तानी सम्हालेका थिए ।

गोल रक्षकसँगै मछिन्द्रको कप्तानी सम्हालेका श्रेष्ठले ३८ औं मिनेटमा गरेको गल्तीले नै टिम पराजित हुन पुग्यो ।

जावलाखेलका हिसुब थपलियाले खेलको ३८ औं मिनेटमा गरेको एकमात्र गोलले खेलको निर्णय भएको थियो।

खेलको फर्कने मछिन्द्रका खेलाडीहरुको अनेकन प्रयास सफल हुन सकेन। त्यो प्रयासमा ४८ औं मिनेटमा विमल घर्तीमगरको फ्रिकिक क्रसबारमा लागेर फर्किनु सबैभन्दा नजिकको अवसर थियो।

 

प्रकाशित मिति: January 27, 2024

कमेन्ट गर्नुहोस्

advertisment