दीपक उप निर्देशक

दीपक उप निर्देशक
0Shares

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उपनिर्देशकको जिम्मेवारी दिएको छ । यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा थिए ।

करातेका सफल खेलाडी मध्येका एक श्रेष्ठ आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (हाल दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता हुन् । श्रेष्ठसँग लामो समय करातेको राष्ट्रिय टिम तयारीको प्रशिक्षकका रुपमा काम गरेको अनुभव छ ।

श्रेष्ठ खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष पनि हुन् ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले बिहीबार श्रेष्ठलाई पत्र हस्तान्तरण गर्दै भने ‘तपाईं एक सफल खेलाडी । राष्ट्रिय टिम तयारीमा तपाईंको भूमिका र योगदान रहन्छ भन्ने विश्वाससाथ राष्ट्रिय टिम तयारीको उप निर्देशकको जिम्मेवारी सुम्पिएको हो । सफलताका लागि शुभकामना ।’

प्रकाशित मिति: January 26, 2024

कमेन्ट गर्नुहोस्

advertisment