दीपेन्द्र ग्रेस इन्टरनेशनलको ब्रान्ड एम्बेसडर

दीपेन्द्र ग्रेस इन्टरनेशनलको ब्रान्ड एम्बेसडर
0Shares

काठमाडौँ,    माघ ११ गते

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेशनलको ब्रान्ड एम्बेसडर मा नियुक्त भएका छन्।

विगत १७ वर्षदेखि अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिकालगायतका देशमा पढ्न चाहने वि‌द्यार्थीहरूलाई परामर्श प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले यो वर्ष नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजनासहित दीपेन्द्रलाई ब्रान्ड एम्बेसडर बनाएको जनाएको छ।

गत वर्ष चीनमा सम्पन्न एशियाली खेलकुदमा ९ बलमा ५२ रन प्रहार गरी सर्वाधिक छिटी अर्धशतक प्रहार गर्दै विश्व रेकर्ड बनाएका दीपेन्द्र नेपाली क्रिकेटका लोकप्रिय खेलाडी हुन्। ग्रेस इन्टरनेशनलले दीपेन्द्रलाई व्यावसायिक प्रवर्द्धनको उद्देश्यसहित ब्रान्ड एम्बेसडर नियुक्त गरेको निर्देशक एन्ड्रयू पौडेले बताए।

दुवैको सहकार्यले नयाँ पुस्ता र युवा पिँढीलाई करिअर निर्माण गर्न सहयोग पुग्ने उनले बताए। “नेपालले टी-२० विश्वकप क्रिकेट खेल्ने अवसर प्राप्त गरेको छ। यो अवसर मुख्यतः नेपाली खेलाडीहरूको अथक मेहनत र क्षमताकै कारण सम्भव भएको हो भन्ने हाम्रो बुझाइ छ। यस्तो समयमा क्रिकेट खेलाडीहरूलाई हौसला र सहयोग गर्नु जो कसैको दायित्व हुन जान्छ,” उनले भने।

प्रकाशित मिति: January 25, 2024

कमेन्ट गर्नुहोस्

advertisment