कोशी लगातार आठौँ खेलमा पराजित

कोशी लगातार आठौँ खेलमा पराजित
0Shares

काठमाडौं, माघ ११ गते

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार आठौ पराजय व्यहोरेको छ।

बुधबार भएको खेलमा कोशी सुदूरपश्चिमसँग ८ विकेटले पराजित भएको हो। कोशीले दिएको १२४ रनको लक्ष्य सुदूरपश्चिमले २१.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। �सुदूरपश्चिमका लागि नरेन्द्र भट्टले सर्वाधिक ५४ रन बनाए।

त्यस्तै प्रकाश पाण्डे ३४ रनमा अविजित रहँदा ओपनर राजु रिजालले २१ रनको योगदान गरे। कोशीका लागि फिर्दोश खानले २ विकेट दिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशी ३२ ओभरमा १२३ रनमा अलआउट भएको थियो। कोशीका लागि मिनास थापाले सर्वाधिक २६ रन बनाए।

त्यस्तै अंकित सुवेदी २२, कमल खत्री १८ रन बनाए। सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ५ विकेट लिदा, विकास आग्रीले ४ विकेट लिए। यो नतिजासंगै सुदूरपश्चिम ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। उता अंकविहिन रहेको कोशी पुच्छारमा रहेको छ।

प्रकाशित मिति: January 25, 2024

कमेन्ट गर्नुहोस्

advertisment