खवासको गोलमा सेनाको उद्धार

खवासको गोलमा सेनाको उद्धार
0Shares

काठमाडौं, माघ १० गते

२३ औं आहारारा पोखरा गोल्डकपको दोस्रो दिनको खेलमा विभागीय टोली त्रिभुवन आर्मीले नवलपरासीको राइजिङ स्टारलाई १–० ले पराजित गरेको छ।

आर्मीका लागि कप्तान भरत खवासले एक मात्र गोल गरेका थिए। जितसंगै सेना प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ। खवासले २७ औं मिनेटमा दिनेश हेन्जनको क्रसमा डाइभिङ हेड गर्दै बललाई पोस्टमा पठाइदिएका थिए। उनी खेलको म्यान अफ दी म्याच पनि बने।

स्टार खेलाडी नभए पनि पहिलो पटक सहभागी राइजिङ स्टारले आर्मीलाई कडा टक्कर दिएको थियो । आर्मीले आइतबार हुने क्वार्टरफाइनलमा साविक विजेता संकटा क्लबको सामना गर्नेछ ।

प्रकाशित मिति: January 24, 2024

कमेन्ट गर्नुहोस्

advertisment