थ्री स्टार आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा

थ्री स्टार आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा
0Shares

पोखरा, माघ ९ गते

आहा रारा पोखरा गोल्डकपमा सफल इतिहास बनाउँदै आयोजक ए डिभिजन क्लब थ्री स्टारले यसवर्षको प्रतियोगिताको उद्घाटन खेलमा विजयी शुरुआत गरेको छ।

ललितपुरको यो टोलीले आयोजक टोली सहारा क्लबलाई  पराजित गर्दै प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २-१ ले हराएको हो।

थ्री स्टारलाई जिताउन योगेश गुरुङले पहिलो हाफ र दोस्रो हाफमा एञ्जल महर्जनले गोल गरे। सहाराका आशिष गुरुङले १ गोल फर्काएका थिए।

खेलको पाँचौं मिनेटमा योगेश गुरुङले प्रतियोगिताको पहिलो गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए।

२३ औं मिनेटमा सहाराका आशिष गुरुङले गोल गर्दै खेललाई पहिलो हाफसम्म खेल बराबरीमा ल्याए। खेलको ५९ औं मिनेटमा थ्री स्टारका एन्जल गुरुङले गोल गर्दै थ्री स्टारलाई जिताए।

शनिबार हुने क्वार्टर फाइनलमा थ्री स्टारले भुटानको पारो एफसीसँग खेल्ने छ ।

 

प्रकाशित मिति: January 23, 2024

कमेन्ट गर्नुहोस्

advertisment