क्षमता अभिबृद्धि तालिम सुरु

क्षमता अभिबृद्धि तालिम सुरु
0Shares

काठमाडौं, माघ ७ गते
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले तालिमको एक कार्यक्रमबीच उद्घाटन गरे । तालिममा राखेपमा कार्यरत विभिन्न खेलका सहायक प्रशिक्षक र तीन विभागीय टोलीका प्रशिक्षक गरी जम्मा ४० जना सहभागी छन् ।

उनीहरुलाई सुशिलनरसिंह राणा, हिमालराज दाहाल, डा. नवीसमान प्रधान, सञ्जय महर्जन, राजेन्द्ररत्न तुलाधर, लक्ष्मण अधिकारी र रितामैया प्रजापतिले प्रशिक्षण दिने छन् । शनिबारसम्म चल्ने तालिममा २१ कक्षा सञ्चालन गरिने छ ।

प्रकाशित मिति: January 21, 2024

कमेन्ट गर्नुहोस्

advertisment