आठौँ झिल्टुङ्ग क्रस कन्ट्रीमा टंक र प्रिया विजयी

आठौँ झिल्टुङ्ग क्रस कन्ट्रीमा टंक र प्रिया विजयी
0Shares

काठमाडौ- माघ ७ गते

आठौँ झिल्टुङ्ग क्रस कन्ट्री दौडमा आर्मीका टंकबहादुर कार्की र प्रिया राईले जितेका छन्।

नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारमा शनिवार सम्पन्न खेलमा खुला पुरुष १३.५ कि.मि तर्फ आर्मीका टंकबहादुर कार्कीले ५३:३८:२९ सेकेन्डमा दुरि पुरा गर्दै पहिलो स्थान सुरक्षित गरे। त्यस्तै मिङमार सिंगि तामाङले ५५:०७ मिनेटमा पुरा गर्दै दोस्रो बन्दा। आर्मीका सुवास कार्कीले ५५:१० मिनेटमा पुरा गर्दै तेस्रो बने।

त्यसैगरी खुल्ला महिला १३.५ कि.मि तर्फ प्रिया राईले १:०७:५७ समयमा निर्धारित दुरि पूरा गर्दै पहिलो भइन्। नेपाल पुलिस क्लबकी राम माया बुढाले १:०९:१२ समयमा पूरा गर्दै दोस्रो बनिन्। त्यस्तै सृजना पाण्डे १:१६:५० सेकेन्डमा दुरि पुरा गर्दै तेस्रो बनिन्।

१३.५ कि.मि भेट्रानतर्फ भिम बहादुर गुरुङ १:०५:५९ समयका साथ पहिलो हुदा रेवत बहादुर दाहाल १:०७:१५ समयसंगै दोस्रो स्थानमा रहे। त्यस्तै तेस्रो स्थानका भिम बहादुर अवाले १:१३: ३९ समयमा दुरि पार गरे।

१३.५ कि मि स्थानीय पुरुषमा बिमल थापा मगर १:०३:१० सेकेन्डमा पुरा गर्दै पहिलो भए। त्यस्तै सुमन श्रेष्ठ १:०७ मिनेटमा दुरि पार गर्दै दोस्रो हुदाँ तेस्रो बनेका सन्दीप राईले १:१० मिनेटमा पुरा गरे।

४.५ कि.मि खुल्ला जुनियर छात्रतर्फ सनाम शेर्पा १८:२० सेकेन्डमा दुरि पार गर्दै पहिलो भए। त्यस्तै दोस्रो स्थानका जयराम थापाले १८:५० सेकेन्डमा पार गर्दा तेस्रो स्थानका हरि चन्द्र तामाङले १९:१५ सेकेन्डमा दुरि पार गरे।

४.५ कि.मि जुनियर छात्रातर्फ आयुषमा आचार्य २२:०६:७९ समयमा दुरि पार गर्दै पहिलो भइन्। त्यस्तै निला याखले २२:५० समयमा पुरा गर्दै दोस्रो हुदा तेस्रो बनेकी कविता मगरले २३:२३ सेकेन्डका समय पूरा गरिन्।

स्थानीय ४.५ किमि भेट्रान पुरुषतर्फ मिठू नेपाल २३:४६ सेकेन्डमा पूरा गर्दै पहिलो भए। त्यस्तै गोपिनाथ नेपालले २४.०१ मिनेटमा पुरा गर्दै दोस्रो हुदा तेस्रो बनेका चन्द्र मान श्रेष्ठले २४:२३:०३ समयमा पूरा गरे।

स्थानीय ४.५ किमि छात्रातर्फ साकिना तामाङ २४:२७ सेकेन्डमा दुरि पुरा गर्दै पहिलो बनिन्। त्यस्तै शिलशिला कुँवरले २५:३६:९० समयमा पार गर्दै दोस्रो बनिन्। त्यस्तै कौशिला लामा २५:४२:३२ समयमा दुरि पूरा गर्दै तेस्रो बनिन्।

स्थानीय ४.५ छात्र जुनियरतर्फ सुरज नेपालले २०:५५ सेकेन्डमा दुरि पुरा गर्दै पहिलो बने। त्यस्तै सन्तोष तामाङले २०.५९ सेकेन्डमा पार गर्दा तेस्रो बनेका गोकुल कुँवरले २१:०० सेकेन्डमा पुरा गरे।

त्यस्तै स्थानीय आमा समूहको ४.५ कि.मि दौडमा शनिता श्रेष्ठ पहिलो, कमला श्रेष्ठ दोस्रो र लक्ष्मी श्रेष्ठ तेस्रो भइन्।

प्रतियोगिताका दौडहरु बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आई समापन भएका थिए।

प्रतियोगितामा १३.५ कि मि खुल्ला महिला पुरुष प्रथम भएका खेलाडीहरुले १५ हजार रुपैया त्यस्तै दोस्रो स्थानका खेलाडीले १० हजार रुपैया र  तेस्रो भएका खेलाडिले ५ हजार रुपैया मेडल र प्रमाण पत्र प्राप्त गरे।

त्यस्तै ४.५ कि मि खुला जुनियर छात्र, छात्रा, ४.५ किमि स्थानीय जुनियर छात्र, छात्रा र ४.५ किमि स्थानीय भेट्रान पुरुषतर्फका खेलाडीले समान पहिलो हुनेले ६ हजार रुपैया, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेले २ हजार रुपैया मेडल र प्रमाण पत्र प्राप्त गरे।

त्यस्तै १३.५ किमि खुला स्थानीय पुरुषतर्फ पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैया मेडल र प्रमाण पत्र प्राप्त गरे।

भेट्रान खुल्ला १३.५ पुरुषतर्फ पहिलो हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ४ हजार रुपैया मेडल र प्रमाण पत्र प्राप्त गरे।

यसैगरि स्थानीय आमा समूह ४.५ कि.मि तर्फ पहिलोहुने खेलाडीले १२ हजार, दोस्रो हुने खेलाडीले ९ हजार र तेस्रो हुने खेलाडीले ६ हजार रुपैया मेडल र प्रमाण पत्र प्राप्त गरे।

 

 

 

प्रकाशित मिति: January 21, 2024

कमेन्ट गर्नुहोस्

advertisment