टाइगर्स कप: पुरुषमा हेल्प नेपाल नयाँ च्याम्पियन

टाइगर्स कप: पुरुषमा हेल्प नेपाल नयाँ च्याम्पियन
0Shares

काठमाडौं , माघ ६ गते

पोखरामा सम्पन्न टाइगर कप पुरुषतर्फको उपाधि हेल्प नेपाल र महिलातर्फको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा परिषरमा भएको फाइनलमा हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा हरायो । पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले घरेलु टोलीलाई दबाबमा राखेको थियो । हेल्प नेपालले टाइगर्स कपको उपाधी जितेको यो पहिलो अवसर हो।

हेल्प नेपालले उपाधिसँगै ५ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

खेलको पहिलो र दोस्रो सेट हेल्प नेपालले २५–१३ र २५–१८ ले जितेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा घरेलु टोली २६–२४ ले विजयी भयो। चौथो सेटमा हेल्प नेपाल २५–१७ ले विजयी भएको हो ।

हेल्प नेपालले ३ जना पाकिस्तानका राष्ट्रिय खेलाडी समावेश गरेको थियो ।

पुरुषतर्फ एपिएफ क्लब तेस्रो भएको छ । एपिएफले बिहान भएको खेलमा श्रीलंका आर्मीलाई ३–० को सोझो सेटमै आएको थियो ।

 

 

प्रकाशित मिति: January 20, 2024

कमेन्ट गर्नुहोस्

advertisment