टाइगर्स कप: महिलातर्फ एपीएफको ह्याट्रिक

टाइगर्स कप: महिलातर्फ एपीएफको ह्याट्रिक
0Shares

काठमाडौं, माघ ६ गते

विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले पोखरामा जारी टाइगर कप भलिबलअन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा परिषरमा भएको फाइनलमा एपिएफले चन्द्रागिरी नगरपालिकाको न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हरायो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

यससँगै एपिएफले टाइगर कपमा ह्याट्रिक उपाधि जितेको छ । राष्ट्रिय टोलीका सरस्वती चौधरी, निरुता ठगुन्ना लगायत खेलाडीको साथ पाएको एपिएफले खेल २५–२०, २५–१८  र २५–२१ ले जित्यो ।

प्रतिभा माली, सलिना श्रेष्ठसम्मिलित न्यु डायमन्डको उपविजेतामा सिमित बनेको छ ।

 

प्रकाशित मिति: January 20, 2024

कमेन्ट गर्नुहोस्

advertisment