केपी ओली कप फागुन ११ देखि

केपी ओली कप फागुन ११ देखि
0Shares

काठमाडौँ, माघ ३ गते

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता माघ ११ देखि सुरु हुने भएको छ।

बुधबार काठमाडौँको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा युवा संघ नेपालले जानकारी दिएको हो। प्रतियोगिता ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरुको सहभागिता रहनेछ। यस्तो प्रतियोगिताको हरेक खेल एन्फा टेक्निकल सेन्टर च्यासलमा माघ ११ देखि सुरु हुनेछ। भने फाइनल खेल माघ १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले ५ लाखसहित ट्रफी मेडल पाउनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडी र उत्कृष्ट गोल कर्ता समान ५० हजार पाउनेछन् ।

प्रतियोगिताको हरेक खेलमा विजयी हुने टिमले २५ हजार प्राप्त गर्नेछ भने हरेक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार पाउने आयोजकले जनाएको छ। गत संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबले फाइनलमा सातदोबाटो युथ क्लबलाई हराउँदै जितेको थियो।

प्रकाशित मिति: January 18, 2024

कमेन्ट गर्नुहोस्

advertisment