एशियन कपः जापानको विजयी शुरुवात

एशियन कपः जापानको विजयी शुरुवात
0Shares

काठमाडौ, (एजेन्सी) माघ १ गते

कतारमा जारि एशियन कपमा बलियो टोली जापानले विजयी सुरुवात गरेको छ।

अल थुमाना रंगशालामा समूह डी अन्तर्गत भएको खेलमा जापानले भियतनामलाई ४-२ गोलअन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो। जापानका लागि मिनामिनोले २ गोल गर्दा नाकामुरा र युएडाले समान १-१ गोल गरे।

भियतनामका लागि न्युवेन र एच फामले समान १-१ गोल गरे। जितसंगै जापान ३ अंकका साथ समूह डी को शिर्ष स्थानमा पुगेको छ। यसै समूहमा इरान र इन्डोनेसिसा रहेका छन्।

प्रकाशित मिति: January 15, 2024

कमेन्ट गर्नुहोस्

advertisment