रियललाई स्पेनिस सुपर कप

रियललाई स्पेनिस सुपर कप
0Shares

काठमाडौं, (एजेन्सी) माघ १ गते

बार्सिलोनालाई हराउँदै रियलले जित्यो सुपर कोपाको उपाधि एजेन्सी ।बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ।

गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो। रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए। उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।

त्यस्तै अर्को गोल रोड्रीगोले गरेका थिए। त्यस्तै बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए। ७१ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो। रोनाल्ड अरुगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए। बार्सिलोनाले अहिलेसम्म १४ पटक उपाधि जित्दा रियलले १३ पटक जितेको छ।

प्रकाशित मिति: January 15, 2024

कमेन्ट गर्नुहोस्

advertisment